प्रदीप भन्छन्, 'अनमोल र म दाजुभाइ'

 माघ २०, २०७५ आइतबार १०:४४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र नगरीमा सुपरस्टार अभिनेता अनमोल केसी र अभिनेता प्रदीप खड्कालाई एक अर्काका प्रतिस्पर्धीका रुपमा लिने गरिएको छ । धेरै चलचित्र निर्माता तथा निर्देशकहरुले अनमोल केसीका विकल्पका रुपमा प्रदीप खड्कालाई लिने गरेका छन् । यसअघि अनमोलले छाडेका धेरै चलचित्रहरुमा प्रदीप खड्कालाई अफर गरिएको र तिनै चलचित्रले उनलाई स्टार बनाएको छ । 

प्रदीप र अनमोललाई एक अर्काका प्रतिस्पर्धीका रुपमा चित्रण गरिरहँदा अभिनेता प्रदीप खड्काले भने उदाहरणीय कार्य गर्दै अनमोल र आफ्नो  सम्बन्ध मिडियामा आएको हल्ला जस्तो नभएको प्रमाणित गरेका छन् । अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको ट्रेलर फेसबुकमा शेयर गर्दै अनमोल केसी र आफू दाजु भाइ भएको प्रतिकृया प्रदीपले दिएका छन् । उनले चलचित्र क्याप्टेनलाई शुभकामनासमेत दिएका छन् । 

केही समय अघि प्रदीपले त्यही दिन प्रदर्शनमा आउने भनिएको चलचित्र दि ब्रेकअपको ट्रेलर शेयर गर्दै चलचित्रलाई शुभकामना दिएका थिए । प्रदीपको यो कार्यलाई धेरै चलचित्रकर्मीहरुले अभिनेता अनमोललाई कमजोर बनाउने शैलीका रुपमा व्याख्या गरेका थिए । तर उनले चलचित्र क्याप्टेनको ट्रेलरको प्रशंसा गर्दै फेसबुकमा स्टाटस लेखेपछि प्रदीपलाई धेरैले असल हिरोको असल व्यवहारका रुपमा व्याख्या गर्न थालेका छन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया