भारतले दियो न्यूजिल्याण्डलाई २५३ रनको लक्ष्य

 माघ २०, २०७५ आइतबार ११:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा भारतले २५३ रनको लक्ष्य दिएको छ । भारतले निर्धारित ओभरमा १ बल बाँकी छँदै सबै विकेट गुमाएर २५२ रन बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने खराब गरेको थियो । ४८ रन बनाउँदा ४ विकेट गुमाएको भारतको स्कोर माथि उठाउन अम्वाती रायडु र विजय शंकरले ९८ रनको साझेदारी गरेका थिए । पाँचौ विकेटका रुपमा विजय शंकर ४५ रन बनाएर रन आउट भएका थिए ।

रायडुसँगको रन लिँदा तालमेल नमिल्दा उनी कोलिन मुनरोबाट रन आउट हुन पुगे । त्यसपछि रायडु र केदार जादबले ७४ रनको साझेदारी गरे । रायडु ९० रन बनाएर आउट भएका थिए । कुमार जादबले ३४ रन बनाए । नियमित कप्तान विराट कोहलीलाई बिश्राम दिइएको एक दिवसीयमा रोहित शर्माले कप्तानी गरेका छन् ।

आजको खेलमा महेन्द्रसिंह धोनी खेले पनि टप अर्डर भने चल्न सकेन । ओपनर ब्याट्सम्यान शिखर धवनले ६रन बनाउँदा रोहित शर्मा २ रनमा पेभेलियन फर्किए ।

शुभमन गिलले ७ रन जोड्दा धोनी १ रनमा बोल्ड भएका थिए । अन्तिममा हार्दिक पाण्ड्या र भुवनेश्वर कुमारले आक्रामक पारि खेले । पाण्ड्या २२ बल खेल्दै ४५ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरेका छन् ।

न्यूजिल्याण्डका म्याट हेनरीले सर्वाधिक ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । पाँच एक दिवसीय सिरीज भारतले ३–१ ले आफ्नो पक्षमा पारि सकेको छ ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया