प्रेमी हिमांश कोहलीसँग ब्रेकअप पछि नेहा कक्कडले जवाफमा गाइन् ‘तेरा घाटा’

 माघ २०, २०७५ आइतबार १२:१३:४१ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगकी चर्चित गायिका नेहा कक्कड पछिल्लो समय उनको गीतका कारण भन्दा पनि उनको व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । केही समयअघि नेहा कक्कड र उनका प्रेमी हिमांश कोहलीबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । नेहा स्वयमले सामाजिक संजालमा आफ्नो ब्रेकअप भएको कुरा लेखेकी थिइन् । 

नेहाले सामाजिक संजालमा लेखेकी थिइन् ‘मलाई थाहा थिएन की यो संसारमा यति खराब व्यक्तिहरु पनि हुन्छन् । तर मैले सबै कुरा गुमाइ सकेपछि होस आएको छ । मैले मेरो सबै कुरा दिए तर बदलामा मैले के पाएँ भन्ने कुराको बारेमा केही भन्न पनि सक्दिनँ ।’

यसैबीच नेहा कक्कडले यूट्युब च्यानलमा एक भिडियो शेयर गरेकी छिन् । यस भिडियोमा नेहा ‘तेरा घाटा’ बोलको गित गाइरहेकी छिन् । नेहाको यो गीत सार्वजनिक भएसँगै उनले यो गीत उनका पूर्वप्रेमी हिमांश कोहलीलाई जवाफ दिनकै लागि गाएको भन्ने चर्चा चलिरहेको छ । तेरा घाटा बोलको ओरिजिनल गीत गायक गजेन्द्र वर्माले गाएका हुन् ।

नेहा कक्कडले ब्रेकअप पछि उनको इन्स्ट्राग्राम अकाउन्टमा आफू डिप्रेशनमा रहेको कुरा लेखेकी थिइन् । साथै उनले इन्स्ट्राग्राममा हिमांश कोहलीसँगका तस्बिरहरु पनि सबै डिलिट गरदिएकी थिइन् । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया