निर्णायक टी–२० क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध नेपालकाे पहिलाे ब्याटिङ

 माघ २०, २०७५ आइतबार १६:५६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट प्रतियोगितामा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईमा पानी परे पछि ढिला गरी सुरु हुन लागेको खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्न लागेकाे हाे ।

पानी परेका कारण खेल १० ओभरमा छोट्याइएको छ । नेपाल र यूएई दुवैले टी–२० मा एउटा एउटा खेल जितेका छन् । 

आजको खेल जिते नेपालले टी-ट्वान्टीमा पनि रेकर्ड राख्ने छ । 

आजको खेलमा पारस खड्का र पवन शर्राफले ओपनिङ गर्दै छन् । यसअघि ओपनिङ व्यायट्सम्यान र विकेट किपरको रुपमा प्रदीप ऐरी र विनोद भण्डारीलाई प्लेयिङ ११ मा राख्ने गरिएको थियो ।

यस अघी टी–२० मा प्रदीप नचलेपछि एक दिवसीयमा खेलेका विनोद आज टिममा परेका छन् । तर उनलाई आज ओपनिङ गर्न दिइएन ।

यस्तै भीम सार्की भने डेब्यु नगरी घर फर्कने भएका छन् ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया