कुश्मामा जीप दुर्घटना :  नौ जना घाइते

 असार ६, २०७५ बुधबार २०:४०:३० | सन्तोष थापा

पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन । 

कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गबाट कुश्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५ नम्बरको जीप ब्रेक फेल भै दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गका बासिन्दा रहेका छन । घाइतमध्ये कुश्मा –३, दुर्लुङ्गका ७४ वर्षीय  पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । जीपका चालक ४६ वर्षीय डिलवहादुर गुरुङको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

दुर्घटनामा परि घाइते भएका त्यसै ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीया एलिसा सुनार,  सोभाकान्त शर्मा, २५ वर्षीया  कल्पना परियार, २२ वर्षीया अन्जु परियार,४० वर्षीया सुधा गुरुङ्ग र कास्कीको  अन्नपूर्ण गाउँपालिका–६ बस्ने २५ वर्षीया एलिजा बिक जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर डिस्चार्ज भएका छन् ।

तस्बिर- देवराज शर्माकाे फेसबुकबाट
 

अन्तिम अपडेट: चैत १६, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया