इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
नेपालविरुद्ध १०५ रनको लक्ष्य पछ्याएको यूएईले पाँचौ विकेट गुमाएको छ ।
नेपाललाई चौथो र पाँचौ सफलता दिलाउने क्रममा करण केसीले यूएईका लागि विस्फोटक ब्याटिङ गरेका शैमान अनवर र मोहम्मद नाभीदलाई शून्यमै आउट गरेका हुन् ।
अनवरले २० बलमा दुई चौका र दुई छक्का हान्दै ३० रन बनाएका थिए । अनवर ज्ञानेन्द्र मल्लबाट क्याचआउट भए भने नाभीदको क्याच पवन शर्राफले दिए ।
त्यसअघि सन्दीप लामिछानेले मोहमद उस्मानलाई सन्दीप जोराबाट क्याचआउट गराएका हुन् ।
त्यसअघि गुलाम शैबरलाई अभिनास बोहराले बोल्ड गरे । शैबर २५ रनमा पेभेलियन फर्किए । पहिलो सफलता सोमपाल कामीले दिलाएका थिए । उनले अस्फाक अहमदलाई आउट गरेका थिए । यूएईले ८ ओभर सकिँदा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।