भेनेजुयलामाथि प्रतिबन्धको प्रभाव : तेलको मूल्यमा वृद्धि

 माघ २१, २०७५ सोमबार ६:५०:४४ | रासस
unn.prixa.net

गएको हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ । 

‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लूटीआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गएको हप्तादेखि नै अमेरिकालगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने देशहरुमा परेको छ । 

गएको जनवरी २५ सम्म तेलको मूल्यमा सामान्य कमी देखिएको थियो । अघिल्लो हप्ता तेलको कच्चा पदार्थ, डब्लूटीआई मा ०.२ प्रतिशत र ब्रेन्टमा १.७ प्रतिशतको कमी आएको थियो । अघिल्लो हप्ताको अन्त्यमा डब्लूटीआईको मूल्य प्रति ब्यारेल ५३.६९ अमेरिकी डलर र ब्रेन्टको मूल्य प्रति ब्यारेल ६१.६४ अमेरिकी डलर कायम भएको थियो । 

तर गएको हप्ताको सोमबार डब्लूटीआईमा १.७० अमेरिकी डलर कमी आई प्रति ब्यारेल ५१.९९ अमेरिकी डलर र ब्रेन्टमा प्रतिब्यारेल १.७१ अमेरिकी डलरको कमी आई ५९.९३ प्रतिशत कायम भएको थियो । 

मङ्गलबार राष्ट्रपति मदुरोलाई दवाब दिन काराकासको तेलको निर्यातलाई नियन्त्रण गर्न अमेरिकाले भेनेजुयलाको राज्यद्वारा सञ्चालित तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा गर्‍यो जसको प्रभाव गएको सातादेखि नै अमेरिकी राष्ट्रहरूमा तेलको मूल्यमा वृद्धि भएको हो । 

पछिल्लो परिवर्तनपछि तेलको कच्चा पदार्थ डब्लूटीआईमा १.३२ प्रतिव्यारेल अमेरिकी डलर वृद्धि भई ५३.३१ डलर कायम भएको छ भने ब्रेन्टमा १.३९ को वृद्धि भई ६१.३२ कायम हुन गयो । तर यो क्रम निरन्तर रहँदा डब्लूटीआई को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताइएको हो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया