‘भारत’ मा कट्रिनाका साथ विवाह गर्दैछन् सलमान

 माघ २१, २०७५ सोमबार ११:२८:३० | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सलमान खान ५० वर्ष नाघिसक्दा पनि अविवाहित छन् । सलमान खान जहाँ गए पनि अधिकांश सोधिने प्रश्नमा ‘विवाह कहिले गर्ने ?’ भन्ने नै हुन्छ । तर सलमान खान जहिले पनि यस प्रश्नको जवाफ दिन अस्वीकार गरिदिन्छन् । अहिले भने तिनै सलमान खानको विवाहको चर्चा चलिरहेको छ । 

सलमान खानले ‘रियल लाइफ’मा नभई ‘रिल लाइफ’मा कट्रिनाकासाथ विवाह गर्दैछन् । वास्तविक जीवनमा सलमान खानकी प्रेमिका भइसकेकी अभिनेत्री कट्रिनाका साथ सालमान खान फिल्म ‘भारत’ मा विवाह भइरहेको छ । अर्थात् सलमान र कट्रिनाको रिल लाइफमा विवाहको छायांकनको तयारी भइरहेको छ ।

सलमान खान र कट्रिना केफको यो फिल्म इदको अवसरमा २०१९ को जुन ५ मा रिलिज हुनेछ । अली अब्बास जफरको निर्देशन रहेको यो फिल्ममा सलमान खान र कट्रिना केफका साथै दिशा पाटनी, तब्बु, ज्याक श्राफ, सुनील ग्रोवरलगायतको अभिनय रहेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया