जाडोमा भक्का : चामलको पिठोको मिठो परिकार

 माघ २१, २०७५ सोमबार १३:५७:१ | उज्यालो सहकर्मी

तपाईंले भक्का चाख्नुभएको छ ? तराईमा हुनुहुन्छ भने पक्कै तपाईंलाई भक्काको स्वाद थाहा भएको हुनुपर्छ । त्यसो त अहिले काठमाण्डौका केही ठाउँमा पनि भक्काको स्वाद चाख्न पाइन्छ ।

जाडो सुरु भएदेखि नै तराईका ठाउँठाउँमा भक्काको व्यापार हुन्छ । विशेषगरी तराईमा जाडोको बेला बिहानको खाजाको रुपमा भक्का रुचाइने गरिन्छ । जाडोमा भक्का खाँदा बिहानको भोक पनि मेटिने, जाडो पनि भाग्ने यसका पारखीहरु बताउँछन् ।

भक्का चामलको पिठोबाट बनाइने परिकार हो । भाँडामा उमालिएको पानीको वाफबाट पिठो पाकेपछि स्वादिलो भक्का बन्छ ।  

भक्का कसरी बन्छ अनि यसको स्वाद कस्तो हुन्छ त ? हामीले झापा बिर्तामोडको मुक्ति चोकमा भक्का बनाउँदै गरेकी हिरा राजवंशी र उहाँको हातले तयार पारेको भक्का खाँदै गरेकालाई भेटेका छौं ।

 

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया