गगन थापालाई पोखरामा कालो झण्डा !

 माघ २१, २०७५ सोमबार १७:४८:२९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – सरकारको विरोधमा नेपाली कांग्रेस कास्की कार्य समितिले गरेको विरोधसभामा सम्बोधन गर्न आउनुभएका नेता गगन थापालाई केही युवाले कालो झण्डा देखाएका छन् । 

थापाले सम्बोधन गरिरहेकै ठाँउमा ३-४ जनाको समूहमा आएका केही युवाहरुले कालो झण्डा देखाएका हुन् । 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले विरोध सभालाई सम्बोधन गर्दै सरकार जिम्मेवारीपूर्ण रुपमा अगाडि बढ्न नसकेको बताउनुभएको छ । 

थापाले देश संघीयतामा गैसकेको हुनाले संघीय व्यवस्था कार्यान्वयनको सट्टा संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं लागिपरेको बताउनुभयो । उहाँले अदालत, प्रहरी, तथा प्रशासनलगायतका क्षेत्र अस्तव्यस्त बनाएको बताउँदै वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने बताउनुभयो । 

सरकार अराजकतातर्फ गएकोले अब शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बेला उहाँको भनाई थियो । नागरिकको आकांक्षा अनुसारका कार्यहरु गर्नुपर्ने बताउदै निर्मला हत्याकाण्ड, वाइडबडी विमान काण्ड, यातायात क्षेत्रको सिण्डिकेट, बुढीगण्डकी जलविद्युत आयोजनालगायतका विषयमा संवेदनशील भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया