अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
लमजुङ – चर्चित गायिका माण्डवी त्रिपाठीले गीतबाटै आफ्नो जन्मभूमि लमजुङका दर्शकलाई मात लगाएकी छिन् ।
लमजुङको सुन्दरबजार नगरपालिका–८, डीडीसी खेल मैदानमा सञ्चालित प्रथम भोटेओडार महोत्सवमा सोमबार गायिका त्रिपाठीले आफ्ना विभिन्न लोकप्रिय गीत गाएर लमजुङे दर्शकलाई मात लगाएकी हुन् ।
उनले ‘ढल्क्यो, ढल्क्यो...’, ‘सिम्पल सिम्पल कान्छीको...’, ‘मेरो बारुली कम्मर लरक्कै...’, ‘मात लाग्यो मात लाग्यो...’, ‘माया हातमा रुमाल हल्लाउँदै...’, लगायतका चर्चित गीत गाएर दर्शक / श्रोतालाई मनोरञ्जन प्रदान गरेकी थिइन् । उनको प्रस्तुतिमा लमजुङे दर्शक झुमेका थिए ।
दर्शकको आग्रहलाई स्वीकार गर्दै उनी दर्शकदीर्घामै पुगी गाउँदै, नाच्दै दर्शकलाई पनि छमछमी नचाएकी थिइन् ।
यसैगरी, महोत्सवमा लोक दोहोरी गायिका शान्ति सुनार, प्रिती गिरी, मेनुका सोनी, टस बहादुर गुरुङ, वसन्त विकलगायतको पनि प्रस्तुति रहेको महोत्सवका उद्घोषक अनुज अधिकारीले बताउनुभयो ।
अहिलेकी चर्चित मोडल तथा डान्सर रिना थापा मगरले प्रस्तुत गरेको नृत्यले पनि दर्शको मन खिचेको थियो ।
लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाई, भोटेओडार युथ सोसाइटी र बुद्ध युथ क्लबको आयोजनामा प्रथम भोटेओडार महोत्सव सञ्चालन भएको हो । माघ १८ गतेदेख सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।