मेस्सीलार्इ महान खेलाडी बन्न विश्वकप जितिरहनु पर्दैन: हर्नान क्रेस्पो

 असार ७, २०७५ बिहिबार ८:२०:१२ | उज्यालो सहकर्मी

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सर्वकालीन महान खेलाडी बन्नका लागि विश्वकप जित्नु नपर्ने अर्जेन्टिनाका पूर्व स्ट्राइकर हर्नान क्रेस्पोले जनाएका छन् । 

३० वर्षीय बार्सिलोनाका स्टार मेस्सीले रुस विश्वकपमा आफ्नो पहिलो खेलमा आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गरेका थिए ।
त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

१४ सिजनमा मेस्सीले बार्सिलोनालाई ३२ उपाधि जिताएका छन् । साथै पाँच बालोन डो र अवार्ड हात पारेका छन् । तर उनले विश्वकप उपाधि भने उचाल्न पाएका छैनन् । 

बीबीसी स्पोर्टसँग कुरा गर्दै पूर्व अर्जेन्टिनी स्ट्राइकर क्रेस्पोले भने, ‘खेलाडीको एउटा लामो सूची छ जसलाई हामी सम्झन्छा,ैँ तर उनीहरुले विश्वकप जितेका थिएनन् ।’

‘मेस्सी फेन्टास्टिक प्लेयर हुन् । म उनको खेल हेर्न निकै नै मन पराउँछु । उनी अर्जेन्टिनालाई विश्वकप जिताउने सामथ्र्य राख्छन् । यदि उनले जिते भने उनी महान खेलाडी हुन् । नजिते पनि मेस्सी महान खेलाडी नै हुन्’ उनले भने । 

उनले अगाडि भने, ‘धेरैजना महान खेलाडीले विश्वकप जिताएका छैनन् ।’ विश्वकप २०१८ मा मेस्सीका लागि चौथो विश्वकप सहभागिता हो ।

अर्जेन्टिना २००६ र २०१० मा क्वार्टरफाइनलसम्म पुगेको थियो भने सन् २०१४ मा फाइनलमा जर्मनीसँग पराजित भएको थियो । 

सन् २०१४ को विश्वकप प्रतियोगितामा मेस्सीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया