क्यालिफोर्नियामा घरमा ठाेक्किएर विमान दुर्घटना, पाँचजनाको मृत्यु भएकाे पुष्टि

 माघ २२, २०७५ मंगलबार ६:५३:१० | एजेन्सी
unn.prixa.net

अवतरणका क्रममा एउटा सानो विमान आइतबार क्यालिफाेर्नियमा दुर्घटनाग्रस्त भएकाे छ । विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर विमान दुर्घटना भएको हाे । दुर्घटनामा विमानका चालकसहित अन्य चारजनाको ज्यान गएकाे छ ।

वर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो । विमान चालक र त्याे घरमा रहेका चार जनाको आगोले जलेर ज्यान गएको अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट कोरी मार्टिनोले विमान दुर्घटनापछि गरेको पत्रकार सम्मेलनमा बताए । मृतकमध्ये विमान चालकसहित तीन जना पुरूष र दुई महिला रहेका पुष्टि भएको छ तर उनीहरूको थप परिचय सार्वजनिक गरिएको छैन । 

सेस्ना ४१४ ए नंम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको संघीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले बताए । 

प्रत्यक्षदर्शीका अनुसार विमानको एउटा इन्जिन र मुख्य क्याविन दुई तले घरमा ठोक्एिपछि ठूलो आगोको मुस्लो निस्किएको र घरमा रहेका दुई जनालाई सख्त जलेको अवस्थामा जिवितै उद्धार गरी उपचारका लागि पठाइएको छ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया