सञ्चारकर्मी हत्याबारे सत्यतथ्य पत्ता लगाउन नेपाल पत्रकार महासङ्घको माग

 माघ २२, २०७५ मंगलबार ८:७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मकवानपुरका सञ्चारकर्मी मनमोहन ढकालको हत्याबारे अनुसन्धान गरी जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउन नेपाल पत्रकार महासङ्घले माग गरेको छ । 

मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आवद्ध सञ्चारकर्मी ढकालको हत्याका सम्बन्धमा स्थलगत अध्ययनका लागि घटनास्थल पुगेर फर्किएको महासङ्घको मिडिया मिसन टोलीले साेमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रहरीले दोषी पक्राउ गरे पनि हत्याबारे सत्यतथ्य बाहिर आउन नसकेको हुँदा पत्ता लगाउन माग गरेको हो । 

गएको पुर २५ गते साँझ हेटौँडा–१ भैरवडाँडा जाने सडकमा ढकालकाे शव फेला परेकाे थियाे । यस सम्बन्धमा विस्तृत स्थलगत अध्ययनका लागि महासङ्घले यही माघ ७ गते मिसन टोली पठाएको थियो । 

“दोषी पक्राउ परे पनि घटनास्थलमा मनोहर किन र कसरी पुग्नुभयो भन्ने विषय अझै रहस्यको गर्भमै छ, प्रहरीले यो विषयको अनुसन्धान गरी चाँडो सत्यतथ्य पत्ता लगाउन आवश्यक छ”, प्रतिवेदनमा भनिएको छ, “यसबाट घटनाबारे थप प्रष्ट हुनेछ, दोषीमाथि कडा कानूनी कारवाहीका लागि निरन्तर खबरदारी आवश्यक छ ।” 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया