सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने

 माघ २२, २०७५ मंगलबार १२:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । 

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रीपरिषद बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी गराउनु भएको हो । 

मंगलबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिइरहेको पनि स्पष्ट पार्नु भयो । 

मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सरकारले खेलकुद क्षेत्रको विकासबाट पनि देशलाई समृद्ध बनाउन चाहेको पनि दोहोर्‍याउनु भयो ।

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा आभार पनि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया