बझाङकाे सडकमा पहिरो खस्दा पैदल हिँड्न समेत समस्या (फोटो फिचर)

 असार ७, २०७५ बिहिबार ९:७:३५ | डीबी बिष्ट

 बझाङ - चैनपुर ताक्लाकोट सडक खण्डको तल्कोट गाउँपालिका १ को  बयालधारमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।

अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुश्किल परेको छ । सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको रुवातोलासम्म गाडी गुड्ने यस सडकखण्डमा कटानका क्रममा माथिबाट पहिरो खसेपछि सडक बन्द भएको हो । 

तल्कोट गाउँपालिका र साईपाल गाउँपालिकाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।

तल सेती नदी र माथि भिर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण यात्रुलाई सकस भएको छ ।

 मंगलबार बेलुका डोजरले सडक फराकिलो बनाउने क्रममा ठूला ढुङ्गा सहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको स्थानीय जोगा धामीले बताउनु भयो । 

जोखिमपूर्ण ठाउँ भएकाले काम गर्न एकदमै असहज भएको सडकका ठेकेदार बिर्खबहादुर थापाले बताउनु  भयो । पहिरो पन्छाउन नसक्दा काम विशेषले हिँडडुल गर्न नपाएको स्थानीयबासिन्दाको भनाई छ ।

तल्कोट गाउँपालिका १ का वडाध्यक्ष गोपाल धामीले गाउँपालिकाको कार्यालयमा महत्वपूर्ण बैठक भएपनि बाटो बन्द भएपछि सहभागी हुन नसकेको बताउनुभयो ।

 ठेकेदार कम्पनीको प्रतिनिधिलाई छिटो बाटो खोल्न भनेको र एक दुई दिनमा नै सडक सञ्चालन हुने उहाँको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया