देशमा परिवर्तन र विकास देख्न नचाहनेहरु अहिले सरकारको विरोधमा छन् : गृहमन्त्री थापा

 माघ २२, २०७५ मंगलबार १८:२१:३१ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - गृहमन्त्री रामबहादुर थापा बादलले देशमा परिवर्तन र विकास भएको देख्न नचाहनेहरु अहिले सरकारको विरोधमा लागेको आरोप लगाउनुभएकाे छ ।  

सर्लाहीको बरहथवा-९, मुर्तियामा आयोजित दोस्रो ऐतिहासिक मुक्तेश्वर महोत्सवको मंगलबार उद्घाटन गर्दै गृह मन्त्री थापाले चुनावबाट पराजित भएकाहरु सरकारले राम्रा काम गरेकाे देख्न नसकेर विराेधमा लागेकाे बताउनुभयाे ।  

मन्त्री थापाले पछिल्लो समय केही अराष्ट्रिय देशी विदेशी शक्ति देश टुक्र्याउने चलखेलमा लागि परेको बताउँदै त्यसबाट सजग हुन सबैमा आग्रह गर्नुभयो ।

समृद्ध नेपाल सुखी नेपाली सरकारको लक्ष्य रहेकाे भन्दै गृहमन्त्री थापाले अवको २० वर्षमा नेपालबाट गरिबी निवारण हुने उहाको दावी छ । 

उहाँले नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएकाे लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेकाले अबका मार्ग विकाश र समृद्दिकाे हुने बताउनुभयाे ।  

अब सरकारले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने भन्दै थापाले देशबाट पलायन हुने युवा शक्तिलाई यसले राेक्ने विश्वास लिनुभयाे ।  

सर्लाहीको मुर्तियामा रहेको ऐतिहासिक मुक्तेश्वर मन्दिरलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चिनाउन दोस्रो महोत्सवको आयोजना गरिएको मूल समितिका संयोजक तुलसीप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन सत्रमा विभिन्न जातजातिका पहिचान झल्किने झाँकी प्रस्तुत गरिएको थियो । माघ २२ देखि सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्ने छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया