१६ फोटोमा हेर्नुहोस् टुँडिखेलको सोनाम ल्होछार

 माघ २२, २०७५ मंगलबार १८:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- विकास गोले

काठमाण्डौ – आज सोनाम ल्होछार पर्व । तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५५ मनाइरहेका छन् । 

माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले काठमाण्डौको टुँडिखेललगायतका देशका विभिन्न भागमा धुमधामसाथ विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइरहेका छन् । 

काठमाण्डाैकाे टुँडिखेलमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी सोनाम ल्हाेछार मनाइएकाे छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा भई सुंगुर वर्ष सुरु हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । 

तामाङहरु १२ जीवजन्तुलाई आधार मानिने ल्हो चक्रमा आधारित भएर विभिन्न संस्कार गर्छन् । तामाङ समुदाय प्रकृतिपूजक भएकाले ल्होसारको बाह्रवटै वर्ग पशुपँक्षीको नामबाट गणना गरिएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो ।

सोनाम ल्होछारको अवसरमा प्रदेश ३ र प्रदेश दुईका सरकारले प्रदेशस्तरीय कार्यालयमा आज सार्वजनिक बिदा दिएका छन् । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया