फरार अभियुक्त २८ वर्षपछि जेल चलान

 माघ २२, २०७५ मंगलबार १९:४१:३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – २८ वर्षपछि एक फरार अभियुक्त पक्राउ परेका छन् । 

टेम्केमैयुङ गाउँपालिका वडा नम्बर–२, छिनामखु बोबोक घर भई हाल इटहरीमा बस्दै आएका ७१ वर्षीय बखतबहादुर कठेतलाई प्रहरीले पक्राउ जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

हाडनाता करणीमा २०४७ साल वैशाख २३ गते जिल्ला अदालत भोजपुरबाट ४ वर्ष कैद सजाय भइ फरार भएका कठेतलाई अदालतको आदेशमा कैदको लगत कट्टा गर्ने प्रयोजनका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । 

कठेतलाई यही माघ २० इटहरीबाटै पक्राउ गरी भोजपुर ल्याइएको हो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया