काठमाण्डौको मनोहरामा टिप्परको ठक्करबाट मोटरसाइकल चालककाे ज्यान गयो

 माघ २३, २०७५ बुधबार ७:५६:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । 

गए राति साढे १२ बजेतिर ना ५ ख ८०८४ नम्बर टिप्परले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षका श्याम विकको ज्यान गएको प्रहरीले जनाएको छ । 

घाइते भएका २३ वर्षका निशान विकको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैहरेको छ । ठक्कर दिएपछि भागेका टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया