हास्यकलाकार किरण केसीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

 माघ २३, २०७५ बुधबार १७:८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

हास्यकलाकार किरण केसी ‘राता मकै’ लाई साम्देन शेर्पा–२०७५ बाट लाइफटाइम एचिभमेन्ट अवार्डसहित सम्मान गरिएको छ । 

केसीलाई सोनाम ल्होछारको उपलक्षमा आयोजित एक कार्यक्रममा नगद रु ३५ हजार, प्रमाण पत्र, ताम्रपत्रसहित सम्मान गरिएको हो । 
लामो समयसम्म कलाकारितामा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित गर्नुभएको थियो । सम्मानित किरण केसीले त्यसै समारोहमै कलाकार बसुन्धारा भुषालले स्थापना गरेको कलाकार कल्याण कोषकानिम्तिनगद रु २५ हजार प्रदान गरेकाथिए ।

लामो समय कलाकारिता क्षेत्रमा रहेका कलाकार केसीले करिब ११७ वटा चलचित्रमा अभिनय गरेका छन् । उनले दर्जनाँै हास्य टेलिचलचित्रहरुमा पनि आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका छन् । 

गायनमा पनि उत्तिकै अब्बल केसीका ४ वटा गीती एल्बमसमेत बजारमा आइसकेका छन् । 

उनी यतिबेला चलचित्र दाल भात तरकारीको निर्माणमा व्यस्त छन् । उनी दाल भात तरकारी चलचित्रका प्रस्तुतकर्ता हुन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया