ललितपुरलाई माग्नेरहित बनाउने महानगरकाे तयारी

 माघ २३, २०७५ बुधबार १९:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर महानगरले सहरलाई सहयोगापेक्षी सडकमानव (बाटोमा माग्ने) मुक्त शहर बनाउने भएको छ । 

बुधबार ललितपुरमा मानव सेवा आश्रमको कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरलाई सहयोगापेक्षी सडकमानव मुक्त बनाउने गरी आवश्यक पूर्वाधार बनाउन थालिएको बताउनु भएको हो ।

महानगरले सहयोगापेक्षी सडकमानवका लागि आश्रयभवन बनाउने, स्वास्थ्य उपचार गराउने तथा परिवार मिलन गराउने गरी सरोकारवाला निकायसँग बहुपक्षीय छलफल भैरहेको बताउनु भयो ।

मेयर महर्जनले अहिले काठमाण्डौ उपत्यकालाई नै कसरी सहयोगापेक्षी सडकमानव मुक्त बनाउने भन्नेबारे छलफल चलिरहेको पनि बताउनु भयो । उहाँले काठमाण्डाै उपत्यकाभित्रका १६ नगरपालिका र २ महानगरको संयुक्त बैठकमा सहयोगापेक्षी सडकमानवको उचित व्यवस्थापन गर्दै सहयोगापेक्षी सडकमानवमुक्त शहर बनाउने प्रस्ताव आफूले लैजाने बताउनु भयो ।

ललितपुर महानगरले आउँदाे आर्थिक वर्षबाट मानवीय र सामाजिक कार्यमा उल्लेख्य बजेट व्यवस्था गरेर कार्यक्रम बनाउने पनि बताउनु भयो ।

ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा सहयोगापेक्षी सडकमानवहरुलाई संकलन गरि आश्रयस्थलमा पठाउने गरेको छ । मानव सेवा आश्रमले आफ्ना विभिन्न शाखाहरुमा करिब १७५० सहयोगापेक्षी सडकमानवको उद्धार गरि आश्रय दिइरहेको छ । यस संस्थाले सडकमा भेटिएका सहयोगापेक्षीहरुको पुनर्मिलन पनि गराउँदै आएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया