अरब देशहरुमै पहिलो महिला गृहमन्त्री बनिन् रया अल हसन

 माघ २४, २०७५ बिहिबार ७:३६:१६ | एजेन्सी
unn.prixa.net

अरब देशहरुकै पहिलो महिला गृहमन्त्री बनेपछि अहिले त्यसैको चर्चा भैरहेको छ । बुधबार लेबनानकी नेता रया अल हसनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् ।

हसनले पदभार ग्रहण गरेसँगै लेबनानी प्रधानमन्त्री साद हरीरीले ट्वीट गर्दै भनेका छन्, ‘हामीलाई लेबनानका महिलामाथि, सरकारका महिला मन्त्रीमाथि, अरब जगतकै पहिलो महिला मन्त्रीमाथि, भविष्य तथा लेबनानमाथि नै गर्व छ ।’

पीटीआईले जनाएअनुसार रहया अल हसन लेबनान सरकारको ३० सदस्यीय मन्त्रिमण्डलका चार महिला सदस्यमध्येकी एक हुन् । उनी हरीरीको फ्यूचर मुभमेन्ट पार्टीकी सदस्य पनि हुन् । त्यस्तै उनले अमेरिकाको जर्ज वाशिंगटन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् । 

अरब देशहरुमा त्यहाँको सरकार प्रमुखपछि गृहमन्त्रीलाई शक्तिशाली मानिन्छ । त्यसकारण पनि हसन गृहमन्त्रीमा नियुक्त भएको समाचारलाई महत्वका साथ हेरिएको छ । 

रया अल हसनले यसभन्दा पहिले सन् २००९ मा लेबनानको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनी अरब देशहरुमै अर्थमन्त्री बन्ने पहिलो महिला पनि हुन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया