कोरियन वन र दिनारको भाउ घट्यो, अरु विदेशी मुद्राको भाउ थाहा पाउनुहोस्

 माघ २४, २०७५ बिहिबार १०:३४:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार कोरियन वन र दिनारको भाउ केही पैसाले घटेको छ । अमेरिकी डलरसहति रियाल, रिंगिट र दिर्हामको भाउ भने आज घटबढ भएको छैन। 

बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ । बुधबार डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा  थियो । 

बिहीबार साउदी रियालको भाउ बढेको छैन । बुधबार जस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा छ ।

 यस्तै आज कतारीरियाल र यूएई दिर्हाम पनि स्थिर छ  । कतारी रियाल १ को ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा छ । 

त्यसैगरी मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा तोकिएको छ ।  मलेसियन रिंगिटको भाउ पनि बुधबार जस्तै आज बिहीबार बढेको छैन । 

बिहीबार दिनार र कोरियन वनको भाउ भने केही पैसाले घटेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ १६ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा तोकिएको छ । बुधबार कुवेती दिनार १ खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ३३ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा थियो ।

कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रपैयाँ २४ पैसा छ । हिजो एक सयको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रपैयाँ २६ पैसा थियो ।  
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया