कान्छी ल्याएर जेठीलाई सताउने श्रीमान पक्राउ

 माघ २४, २०७५ बिहिबार ११:१६:४९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – दोस्रो विवाह गरी जेठी पत्नीलाई शारीरिक, मानसिक तथा आर्थिक हिंसा गर्ने पति र कान्छी पत्नी पक्राउ परेका छन् ।

अर्घाखाँचीको छत्रदेव गाँउपालिका वडा नम्बर–१, चिदिका घर भएका ३४ वर्षीय दिपक खनाल र निजले दोश्रो विवाह गरी ल्याएका पाल्पा घर भएकी २० वर्षीय महिला पक्राउ परेका हुन् ।   

दोश्रो विवाह बदर गर्न माग गर्दै खनालकी पहिलो श्रीमतीले बहुविवाहसम्बन्धी जाहेरी दिएपछि खनाल र उनकी कान्छी पत्नीलाई रुपन्देहीको बुद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया