हिउँले छाेपियाे मनाङ

 माघ २४, २०७५ बिहिबार १४:४:३२ | श्यामशितल परियार

लमजुङ – मनाङमा वर्षासँगै हिमपात भएको छ ।

बुधबार साँझ ६ बजेबाट वर्षासँगै हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिनुभयो । ‘बुधबार साँझदेखि वर्षासँगै हिमपात भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले भने चामेमा पानी परिरहेको छ, डाँडाकाँडामा हिमपात छ ।’ 

हिमपातका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न, तरकारीलगायतका अत्यावाश्यक सामान ल्याउन समस्या भएको छ । 

दानाक्युसम्म सडक खुलेको भए पनि जिल्लाको अरु ठाउँमा सडक अवरुद्ध रहेको उहाँले बताउनुभयो । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।   

तस्बिर - स्थानीय सञ्चारकर्मी नेगम परियार

 

अन्तिम अपडेट: चैत ५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया