वर्षाका कारण पोखरा कपको सेमिफाइनल खेल स्थगित

 माघ २४, २०७५ बिहिबार १४:५८:५७ | सुमन गुरुङ

कास्की – बिहीबार बिहानैदेखि पानी परेको कारण पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गतको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । 

सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जापानको रिस्सो युनिभर्सिटीबीच बिहीबार हुने भनिएको खेल पानीका कारण हुन नसकेको हो । 

स्थगित भएको खेल शुक्रबार खेलाइने एन्फा, कास्कीका महासचिव रमेश कार्कीले जानकारी दिनुभयो । ‘मैदानमा पानीको मात्रा धेरै भयो, यस्तो अवस्थामा खेल्न खेलाडीलाई पनि गाह्रो हुने भएकोले स्थगित गर्नुपर्‍यो’, उहाँले भन्नुभयो । 

मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गत दोश्रो सेमिफाइनल डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र क्यामरुनको डाफिन्स फ्यामिली टिमबीच हुनेछ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया