जनवरीमा ‘मेरो गाउँ, मेरो ठाउँ’ वृत्तचित्र प्रतियोगिता

 माघ २४, २०७५ बिहिबार १७:३९:२० | निर्मला खडायत
unn.prixa.net

कैलाली - सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र र स्थानीय कला संस्कृतिको प्रचार प्रसार गर्न वृत्तचित्र बनाउने प्रतियोगिता हुने भएको छ । 

हामी उठ्ने छौँ (वि विल राइज) फाउन्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ शीर्षक दिएर यस्तो प्रतियोगिता गर्न लागेको हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गर्न लागेको प्रतियोगिताले कुना कन्दरामा रहेका पर्यटकीय क्षेत्र र स्थानीय कला संस्कृतिलाई उजागर गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ । 

प्रतियोगिता सन् २०२० जनवरी १ तारिखदेखि सुरु हुने फाउन्डेसनका  निर्मला श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा जो कोही पनि सहभागी हुनसक्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुनेले आफ्नो ठाउँमा रहेको पर्यटकीय स्थल, भेषभुषा, स्थानीय परिकार, संस्कृतिमध्ये कुनै एक शिर्षकमा रहेर ५ मिनेटको वृत्तचित्र बनाउनुपर्ने छ । 

आफूले बनाएको वृत्तचित्र जनवरी १ तारिखदेखि अप्रिल महिनाभित्र फाउन्डेसनलाई बुझाइसक्नु पर्नेछ । प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने फाउण्डेसनका श्रेष्ठले बताउनुभयो । 

प्रतियोगितामा सर्वोत्कृष्ट हुने वृत्तचित्र निर्माताले १ लाख रुपैयाँ नगद र नेपाल फिल्म एकेडेमीको तर्फबाट दुइ लाख बराबारको छात्रवृत्ति पाउनेछन् । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया