सीएमसीसँगको ठेक्का सम्झौता तोडियो, मेलम्ची आयोजना थप संकटमा

 माघ २४, २०७५ बिहिबार १८:३२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी दि रेभिना कम्पनीसँगको ठेक्का सम्झाैता तोडेको छ ।

बुधबार सिंगापुरमा भएको वार्ता सकारात्मक नभएपछि सीएमसीसँगको ठेक्का तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

काम पूरा नगरी हिँडेको सीएमसीलाई जवाफ पेश गर्न माघ ६ गते १४ दिनको समय दिइएको तर कम्पनीले चित्तबुझ्दो जवाफ नदिएको र पटक पटकका वार्तामा गैरजिम्मेवारपूर्वक प्रस्तुत भएकाले ठेक्का सम्झौता तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

सीएमसीसँगको ठेक्का तत्कालै नतोडेमा मेलम्ची आयोजनाको काम थप प्रभावित हुने भएकाले यस्तो निर्णय गरिएको कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिनुभयो । 

सीएमसीसँगको ठेक्का ताेडिएसँगै मेलम्ची याेजना थप संकटमा परेकाे छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया