रुपन्देहीमा घर भएका नेकपाका ६ प्रदेशसभा सदस्यले घरभाडा नलिने

 माघ २४, २०७५ बिहिबार २०:२३:४७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा घर भएका ६ जना नेकपाका प्रदेश सभा सदस्यले घरभाडा नलिने भएका छन् ।

नेकपा प्रमुख सचेतक भुमिश्वर ढकाल, सचेतक दधिराम न्यौपाने, सांसदहरु डाक्टर कृष्ण न्यौपाने, भोजप्रसाद श्रेष्ठ र कमला बिक ले घरभाडा नलिने घोषणा गर्नुभएको हो ।

प्रदेश सभाले प्रति सांसद प्रतिमहिना १५ हजार घरभाडा दिँदै आएको छ । यसअघि लिएको घरभाडा फिर्ता गर्ने घोषणा नगरेका ती प्रदेशसभाका सदस्यहरुले अब भने घरभाडा नलिने भन्दै प्रदेश सभा सचिवालयमा हस्ताक्षर गरेका छन् ।

प्रदेश राजधानी रहेको रुपन्देहीमा घर हुने सांसदहरुलाई घरभाडा नलिन नेकपा संसदीय दलले आग्रह गरेको थियो । रुपन्देहीमै घर हुने कांग्रेस र संघीय समाजवादी फोरमका सांसदहरुले भने घरभाडाका विषयमा निर्णय गरेका छैनन् ।

तर उनीहरुलाई पनि घरभाडा नलिन दवाव भने आइरहेको एकजना प्रदेश सभा सदस्यले बताए । ८७ सदस्यीय प्रदेश सभामा १ जना मन्त्रीसहित १८ जना सांसदहरुले प्रतिनिधित्व गर्दै आएका छन् । 


 

अन्तिम अपडेट: फागुन २९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया