भेनेजुएला प्रकरणमा संसदलाई जानकारी गराइयोस् : कांग्रेस सांसद प्रधान

 माघ २५, २०७५ शुक्रबार १२:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले भेनेजुएला प्रकरणका बारेमा सदनलाई जानकारी दिन सरकारसँग माग गर्नुभएको छ । 

भेनेजुएला प्रकरणमा जारी विज्ञप्तिलाई लिएर नेकपाका दुई अध्यक्षका पछिल्ला अभिव्यक्ति आपसमा विवादास्पद भएको भन्दै आधिकारिक वक्तव्य के हो भन्नेबारे सदनलाई जानकारी गराउन उहाँले माग गर्नुभयो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले एउटा कुरा भन्ने र सत्तारुढ दलकै एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को कुरा भन्ने गर्दा भ्रम उत्पन्न भएको भन्दै आधिकारिक धारणा सदनलाई जानकारी गराउन माग गर्नुभएको हो । 

सरकारले जनतामा भ्रम फैलाउने काम गरेको भन्दै उहाँले भेनेजुएलाका बारेमा सरकारको नीति सदनमा आएर जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया