बस दुर्घटनाका गम्भीर घाइते प्रदेश सांसद उत्तरकुमार वलीलाई काठमाण्डाै लगियाे

 माघ २५, २०७५ शुक्रबार १४:३३:३२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीलाई थप उपचारका लागि शुक्रबार कोहलपुरबाट काठमाण्डाै लगिएको छ ।

नेकपा बाँकेका युवा नेता प्रमोद धितालले वलीलाई राजधानीको मेडिसिटी अस्पतालमा उपचारका लागि पठाइएको जानकारी दिनुभयो । सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का प्रदेश सभा सदस्य वलीलाई कोहलपुर शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

तुलसीपुरबाट विरगन्जका लागि छुुटेकोे ना ५ ख ५५२९ नम्बरको बस र बुटवलबाट घोराही जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार बिहीबार साँझ लमही घोराही सडक खण्डमा ठोक्किएर दुर्घटना हुँदा एक महिलाको ज्यान गएको थियाे भने सांसद वलीसहित १३ जना घाइते भएका थिए ।

दाङ ३(ख) बाट निर्वाचित सांसद वलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया