न्यूजिल्याण्डविरुद्धको दोस्रो टी–२०: भारत ७ विकेटले विजयी

 माघ २५, २०७५ शुक्रबार १५:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ ।

योसँगै तीन वटा टी–२० प्रतियाेगिताकाे सिरिजमा भारत र न्यूजिल्याण्डले एक एक खेल जितेका छन् । अब आइतबार हुने अन्तिम खेलको नतिजाले सिरिजको छिनोफानो हुने छ ।

१५९ रनको लक्ष्य पछ्याएको भारतले ७ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । भारतको जितमा रिषभ पन्त ४० तथा महेन्द्रसिंह धोनी २० रनमा नट आउट रहे ।

रोहित शर्मा र शिखर धवनले ७९ रनको ओपनिङ साझेदारी गर्दै बलियो सुरुआत दिलाएका थिए । अर्धशतक बनाउँदा रोहित शर्मा आउट भएपछि ३० रन जोडेका शिखर धवन पनि पेभेलियन फर्किँदा भरतले खातामा ८८ रन जोडेको थियो ।

यसैगरी, तेस्रो विकेटको रुपमा विजय शंकर ८ रन बनाउँदै आउट भएपछि क्रिजमा रहेका रिषभ पन्त र महेन्द्रसिंह धोनीले खेल जिताएका हुन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्यूजिल्याण्डका कोलिन ग्राण्डहोमले अर्धशतकीय पारी खेल्दा रस टेलरले ४२ रन बनाएका थिए । भारतका क्रुणाल पाण्ड्याले ३ तथा खलिल अहमदले २ विकेट लिएका थिए । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया