सिक्दै गरेकाे माेटरसाइकल दुर्घटना हुँदा युवककाे ज्यान गयाे

 माघ २५, २०७५ शुक्रबार १६:२२:३० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ८ अठारसयमा मोटरसाइकल सिक्ने क्रममा दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।

मोटरसाइकल सिक्नको लागि मासिमटारबाट अठारसय जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २४ वर्षीय मिलन कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

को १५ प ३७६४ नम्बरको मोटरसाइकल सिक्नको लागि अठारसयतर्फ जादै गर्दा अठारसय नजिकको खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।

कच्ची सडकमा कार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खस्दा कार्कीको टाउकोमा गम्भीर चोट लागेको थियो । 

उनको शवलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी चतरामा अन्त्येष्टि गरिएको मृतकका आफन्तले बताएका छन् । 
 

अन्तिम अपडेट: चैत १, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया