साप्ताहिक शेयर समीक्षा: धेरै कम्पनीकाे साधारणसभा हुन बाँकी

 माघ २५, २०७५ शुक्रबार १९:२६:१२ | ज्याेति दाहाल
unn.prixa.net

बेमौसम लागेको शेयरबजारमा खासै चहलपहल छैन । अर्धवार्षिक वित्तीय प्रकाशन हुने क्रम बढ्दो छ ।

वित्तीय विवरण उत्साहजनक देखिएको छ । पौष मसान्त सकिए पनि साधारणसभा सकिएको छैन । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १ सय ८६ वटा ९नेप्सेको प्रतिवेदन अनुसार २ सय ३० कम्पनीमध्ये करिब एकसय वटा कम्पनीले मात्र साधारणसभा गरेको अनुमान गर्न सकिन्छ । 

सूचीकरण भएका कम्पनीमध्ये आधाले मात्र साधारणसभा गर्नु सुशासनको संकेत भने हैन । वाणिज्य बैंकले समेत सभा सकेका छैनन् । अझ पनि प्राइम, नबिल, प्रभुलगायत बैंकले सभा आवहान गरेका छैनन् ।

राष्ट्रियस्तरको विकास बैंकतर्फ पनि लुम्बिनी, ओम, कामना र देवले साधारणसभा गरेका छैनन् ्। बीमा कम्पनी ९जीवन र निर्जीवन० दुवै समूहका कुनै कम्पनीले पनि सभा आह्वान समेत गरेका छैनन् । 

तुलनात्मकरुपमा हेर्दा साधारणसभा गर्नेमा लघुवित्त अग्रपंक्तिमा देखिएका छन् । सूचीकृत ४० वटा लघुवित्तमध्ये आधाभन्दा बढी कम्पनीले साधारणसभा गरिसकेका छन् ।

बेमौसम सुरु भए पनि साधारणसभा गर्न बाँकी रहेका हिसाबले बजारमा शेयर कारोबारमा उत्साह देखिनु पर्नेमा त्यस्तो देखिएको छैन । प्रकाशित वित्तीय विवरणलाइ आधार मानेर लगानी गर्नेको लागि यतिखेर स्वर्णकाल जस्तै देखिन्छ ।

तर तत्कालिन पूँजीगत लाभ मात्र खोज्नेको लागि भने अहिले त्यति सहकाल देखिन्न । नेपाल टेलिकमको थप २६ प्रतिशत शेयर बेच्ने हल्लाले यसको मूल्यमा आएको गिरावटले समग्र परिसूचकलाइ नै असर पारेको छ ।

गएके हप्ता ७ सय २९ रुपैयाँमा अन्तिम कारोबार भएको नेपाल टेलिकमको मूल्य यस हप्ताको अन्तिम दिनमा २२ रुपैयाँले घटेर ७ सय ७ कायम भएको छ । 
शेयरबजार विरोधी भनेर व्याख्या गरिएका अर्थमन्त्री डा। युवराज खतिवडाले ऋण लिएर शेयर लगानी नगर्न बताएपछि शेयर कारोबारीले उनलाई फेरि विरोधीको संज्ञा दिएका छन् ।

प्यानको बारेमा बहस जारी छ । यसलाई लगाउन हुन्छरहुन्न भन्ने विषयभन्दा यसलाई लिन लाग्ने समयको निरर्थक विषयमा बहस भएको देखिन्छ ।

सूचक र बजार पूँजीकरण

यस हप्ता बजार पुरै ५ दिन खुलेको थियो । यस साता कारोबार मापन गर्ने नेप्से परिसूचक अधिकतम ११५३।१२ न्यूनतम,११३९।५७ र बन्द हुँदा ११३९।५७ कायम भएको छ । गत हप्ता नेप्से सूचक ११६१।६३  मा बन्द भएको थियो ।

साताको अन्तिम दिन बजार पूँजीकरण १३ खर्ब ९० अर्ब ६३ करोड ९६ लाख ५० हजार कायम भएको छ ।

गएको हप्ताको अन्तिम दिन १४ खर्ब १७ अर्ब २१ करोड ५९ लाख ५० हजार कायम भएको थियो । अघिल्लो हप्ताको तुलनामा यस हप्ता बजार पूँजीकरण १ दशमलव ८८ प्रतिशतले घटेको छ ।


सर्वाधिक पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 

यस हप्ताको सूचीकरण यसप्रकार रहेका छन् ।

 

गएके हप्ता ७ सय २९ रुपैयाँमा अन्तिम कारोबार भएको नेपाल टेलिकमको मूल्य यस हप्ताको अन्तिम दिनमा २२ रुपैयाँले घटेर ७ सय ७ कायम भएको छ ।
शेयरबजार विरोधी भनेर व्याख्या गरिएका अर्थमन्त्री डा। युवराज खतिवडाले ऋण लिएर शेयर लगानी नगर्न बताएपछि शेयर कारोबारीले उनलाई फेरि विरोधीको संज्ञा दिएका छन् ।

नयाँ शेयर/हकप्रद

शेयरबजारमा हकप्रद र प्राथमिक शेयर जारी हुने क्रम चलिरहेको छ । मेरो माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद बिक्री गर्नको लागि माघ २४ गते बुक क्लोज गरे पनि हकप्रद जारी हुने मिति तोकेको छैन ।

त्यस्तै नेपाल इन्सुरेन्सले पनि हकप्रद बिक्री प्रयोजनका लागि माघ २७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले अहिले ऋणपत्र समेत जारी गर्ने क्रम बढाएका छन् । ऋणपत्र निष्कासन गर्नेमा बैंकहरु बढी छन् । 

पछिल्लो समयमा धितोपत्र बोर्डमा ऋणपत्र जारी गर्न अनुमति माग्ने बैंकको संख्या बढेको छ । ऋणपत्र सुरक्षित लगानीको क्षेत्र मानिन्छ ्र यसमा निश्चित वार्षिक व्याज पाइन्छ । यसलाई धितो बन्धक राखेर ऋण लिन पनि सकिन्छ । 

ग्रीन लाइफको प्राथमिक शेयरमा दोलखा जिल्ला साविक गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्यांकु, जुंगु र लादुकका स्थानीय बासिन्दाले आवेदन गर्न पाउनेछन् ।

लाभांश घोषणा

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम सकिन लागेको छ । तर बीमा कम्पनीले भने अघिल्लो आर्थिक वर्ष २०७४र७४ को लाभांश घोषणा गरेका छैनन् ्र घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह

विकास बैंक समूह


लघुवित्त समूह

वित्त, जलविद्युत, होटेल र व्यापार 

बीमा समूह


कम्पनीहरुले लाभांश घोषणा सँगसँगै साधारणसभा समेत सुरु गर्न थालेका छन् | साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ |

अन्य गतिविधि

मेरो माइक्रोफ़ाइनान्सले हकप्रदको लागि बुक क्लोज गरेको छ । त्यस्तै नेपालले पनि हकप्रदको लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ ्।

धितोपत्र बोर्डले हिमालय उर्जा विकास कम्पनीलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ ्र नेपाल एग्रो लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेको छ ।

त्यस्तै सनराइज र एनएमबी बैंकले ऋणपत्र जारी गर्नको लागि अनुमति मागेका छन् । सनराइज बैंकले पहिलोपटक ऋणपत्र जारी गर्न अनुमति मागेको हो ्र जानकी फाइनान्स, रिडी हाइड्रोपावरर निर्धन उत्थान लघुवित्तले बोनस शेयर दर्ता गरेका छन् ।

गएके हप्ता ७ सय २९ रुपैयाँमा अन्तिम कारोबार भएको नेपाल टेलिकमको मूल्य यस हप्ताको अन्तिम दिनमा २२ रुपैयाँले घटेर ७ सय ७ कायम भएको छ । 
शेयरबजार विरोधी भनेर व्याख्या गरिएका अर्थमन्त्री डा। युवराज खतिवडाले ऋण लिएर शेयर लगानी नगर्न बताएपछि शेयर कारोबारीले उनलाई फेरि विरोधीको संज्ञा दिएका छन् ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया