प्रधानमन्त्री ओलीलाई  चीनमा गार्ड अफ् अनर

 असार ७, २०७५ बिहिबार १५:५०:२७ | रासस
unn.prixa.net

बेइजिङ – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ् अनर प्रदान गरिएको छ । 

भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ् पिपुल्समा प्रधानमन्त्री ओलीलाई गार्ड अफ् अनर प्रदान गरिएको हो । 

कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी हुनुहुन्थ्यो । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गर्नु भएको थियो । 

ग्रेट हल अफ् दि पिपुल्समा आज भएको भेटवार्तामा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित हुनुभएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो । 

अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राख्नुभएको थियो । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Jaya Rai

    June 21, 2018, 8:29 p.m.

    What was the answer in question related to earthquake and reconstruction was to be published for me. I doubt Oli must have talked about Marpaka gaun... I'm not able enough to listen the lies anymore... just do. You don't need to keep publishing yourself the nationals will publish you themselves and it is in favour of nation and citizens and also for your haritages...

  •  0 Reply

तपाईको प्रतिक्रिया