प्रदेश पाँचमा गाडी किन्दा ५७ लाखभन्दा बढी भ्रष्टाचार !

 माघ २५, २०७५ शुक्रबार २१:५१:५२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – पाँच नम्बर प्रदेश र प्रदेश सचिवालयले खरिद गरेका गाडीमा ५७ लाखभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ । 

१५ वटा गाडी खरिदमा ३ लाख ४० हजार रुपैयाँका दरले भ्रष्टाचार भएको निष्कर्ष निकालेको सार्वजनिक लेखा समितिले घोटालामा संलग्न भएका व्यक्ति भने किटान गरेको छैन । समितिले उपभोक्ताले खरिद गर्ने भन्दा बढी मूल्यमा खरिद भएको मध्ये बाँकी रकम प्रदेश सभा सञ्चित कोषमा राख्न निर्देशन दिएको छ । 

समितिले उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी रकम नतिर्नसमेत निर्देशन गरेको छ । समितिले प्रदेश सभा सचिवालय र मन्त्रालयहरुले गाडी खरिद गर्दा प्रयाप्त ध्यान नपुराएको भन्दै नियत माथि नै प्रश्न उठाएको छ ।

सर्वसाधारणले ६८ लाख ५५ हजारमा किन्न पाउने टाटा कम्पनीको स्टोर्म गाडी प्रदेशसभा सचिवालयले ७१ लाख ९५ हजार रुपैयाँ , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजार रुपैयाँ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेका थिए । 

प्रदेशसभाले ११ र मन्त्रालयले ४ गरी १५ वटा गाडी खरिद भएका छन् । गाडी बिक्री गर्ने कम्पनीले २५ देखि २९ प्रतिशतसम्म बढी रकम असुल गरेको देखिएको सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले बताउनुभयो । उहाँले अन्तिम प्रतिवेदन माघ २९ गते प्रदेश सभालाई बुझाउने बताउनुभयो । 

गाडी खरिद प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

2 Comments

  • Ayan bahadur bk

    Feb. 9, 2019, 2:16 p.m.

    कति सम्म लाज मर्दो काम गर्न सकेका हुन । यस्तै हो भने त देश नै कुनै दिन आफ्नो ब्यक्तिगत नाममा गराउछन कि जस्तो लाग्न थाल्यो ।

  •  0 Reply
  • गणेश थापा

    Feb. 9, 2019, 2:14 a.m.

    जनतालाई महँगो कर असुली गरेर मोजमस्ती गर्ने अनि त्यसैमा पनि भ्रष्टाचार? यी सबै कु-कर्मचारीहरुलाई कालो मोसो सहित नांगेझार बनाएर तुरन्त बर्खास्त गरिहाल्नुपछ अन्यथा राज्यले ठुलो नोक्सान व्यहोर्नु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया