विषाक्त रक्सीका कारण भारतमा मृत्यु हुनेकाे सङ्ख्या ९२ पुग्यो

 माघ २६, २०७५ शनिबार १५:०:८ | एजेन्सी
unn.prixa.net

विषाक्त मदिराका कारण भारतमा मर्नेहरुको सङ्ख्या ९२ पुगेको छ भने कैयौँ बिरामी परेका छन् ।

देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा मर्नेहरुकाे सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । 

उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको समाचारमा जनाइएको छ । शुक्रबारदेखि नै मदिरा सेवनबाट मानिसहरु बिरामी पर्न थालेको अधिकारीहरुले बताएका छन् ।

उत्तर प्रदेश सरकारका अनुसार उत्तराखण्डमा तेह्र दिने संस्कारमा सामेल हुन गएका सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । उनीहरु सबैले त्यही रक्सी खाएको बताइएको छ ।

सहारनपुरका अधिकारीका अनुसार संस्कारमा सामेल भएर फर्केपछि उनीहरु मर्न थालेका थिए । प्रशासनको लापर्वाही भएको भन्दै भारत सरकारले नागल थाना प्रभारीसहित दश प्रहरी र तीन प्रहरी निरक्षकलाई निलम्बन गरिसकेको छ । 

शुक्रबार मध्यराति बसेको एक बैठकले सरकारका सचिव र डीजीपीले सबै जिल्लाका प्रमुखसँग भिडियो कन्फ्रेन्स गर्दै प्रदेशका सबैठाउँमा छापा मार्न आग्रह गरेको छ ।

सहरानपुर र कुशीनगरमा मर्नेहरुको सङ्ख्या बढीरहे पनि रक्सी तस्करहरुलाई पत्ता लगाउन सकेको छैन । रक्सी तस्करहरुलाई नपक्रेसम्म अवस्था झनै भयावह हुने अधिकारीहरुले बताएका छन् ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया