मन्तव्य राख्दा राख्दै गाउँपालिका अध्यक्ष बेहोस, अवस्था गम्भीर

 माघ २६, २०७५ शनिबार १६:४५:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ एउटा समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस हुनुभएको छ ।

शनिबार दिउँसो २ बजे पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएर कार्यक्रम स्थलमै ढल्नुभएको र उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पालिकाका योजना शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । नेम्बाङको मुटुको धड्कनसमेत शून्य रहेको भट्टराईले वताउनुभयो ।

बेहोस भएर ढलेलगतै स्थानीय स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि त्यहाँबाट इलाम लगिएको छ । इलाम पुगिनसकेकोले खास के भएको हो भन्ने थाहा नभएको र अध्यक्ष नेम्बाङ प्रेसरको बिरामी रहेको खुल्न आएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया