तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना, चालकको मृत्यु

 माघ २७, २०७५ आइतबार ८:१४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – लापरवाहीपूर्ण तरिकाले गाडी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति ज्यान गएको छ । 

धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाण्डाै ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया