जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखको जित

 माघ २७, २०७५ आइतबार ९:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले साल्केलाई तीन एकले हराउँदै शीर्ष स्थानको बोरुसिया डर्टमुन्डससँगको दूरी ५ अंकमा झारेको छ । 

घरेलु मैदानमा भएको खेलमा बायर्नले उपहार गोलमार्फत खेलमा अग्रता बनायो । साल्केका ब्रुमाले ११औं मिनेटमा आत्मघाती गोल गर्न पुगे । 

तर २५ औं मिनेटमा साल्केले खेल बराबरी गरेको थियो । उसका लागि कुटुचुले गोल गरेका थिए । त्यसको दुई मिनेटपछि नै रोबर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई फेरि अग्रता दिलाए । 

पहिलो हाफमा एक गोलले अगाडि रहेको बायर्नले ५७ औं मिनेटमा तेस्रो गोल गर्‍याे । लेवान्दोस्कीको पासमा सेर्गी नाब्रेले गोल गरे । 

यो जितले बायर्नले अंकतालिकामा २१ खेलबाट ४५ अंक बनाएको छ । शीर्ष स्थानको बोरुसियाको ५० अंक छ । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया