सन्दीपकाे टिम मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले हरायो

 माघ २७, २०७५ आइतबार १२:३५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको छ । टस  हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी ७४ रनमा समेटियो ।

योसँगै मेलवर्न स्टार्सले चौथोहुँदै सुपर फोरको यात्रा तय गर्न पनि सफल भएको छ ।  मेलवर्नका लागि नेपालका सन्दीप लामिछानेले टिमको ८ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए ।

उनले पहिलो ओभरमा टिम कुरनलाई आउट गर्दै टिमलाई छैटौं तथा व्यक्तिगत पहिलो विकेट लिए । पहिलो ओभरमा जम्मा एक रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ६ रन दिए । व्यक्तिगत तेस्रो ओभर बलिङ टिमको १२ ओभरमा गरेका थिए । जसमा उनले बेन डेरसिसलाई म्याक्सवेलको हातबाट क्याच आउट गराए ।

आफ्नो स्पेलको अन्तिम ओभर उनले १४ ओभरमा  गरेका थिए । तर उनले पुरै ओभर बलिङ गर्न पाएनन् । १४ औं ओभरको चौथो बलमा लियोड पोपे आउट भएपछि सिड्नी ७४ रनमा समेटिन पुग्यो । सन्दीपले आज महत्वपूर्ण तीन विकेट लिँदा ११ रन खर्चिए । उनी आज सबैभन्दा कम इकोनोमी रेटमा विकेट लिने खेलाडी बने ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया