गोंगबुबाट नक्कली नोटसहित एक जना पक्राउ

 माघ २७, २०७५ आइतबार १४:५६:१३ | उज्यालो सहकर्मी

काठमाण्डौ – गोंगबुमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । 

गए राति विशेष सूचनाका आधारमा कुँवर बसेको होटलमा छापा मार्दा नक्कली नोट बरामद भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नक्कली नोटको कारोबारमा अर्का एक जना पनि संलग्न रहेका पाइएको छ ।  उनको पहिचान खुलिसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया