बी डिभिजन लिग : आरसीटीले नयाँ बस्तीलाई तीन-एकले हरायाे

 माघ २७, २०७५ आइतबार १६:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक बी डिभिजन लिगमा रानीपाेखरी कर्नर टिम (आरसीटी)ले नयाँबस्ती युथ क्लबलाई तीन एकले हराएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आरसीटीले नयाँबस्तीको एक गोलको अग्रता उल्ट्यायो । खेलको सुरुवातमा नै सानीकुमार चौधरीले नयाँबस्तीका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

तर त्यसपछि आरसीटीले तीन गोल फर्काउन सफल भयो । २९ औं मिनेटमा पुकार आलेमगरले गोल गर्दै आरसीटीलाई बराबरीमा ल्याए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा संसारनन्द पलाञ्चोकीले टिमका लागि दोस्रो गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा पुनः संसारले गोल गर्दै आरसीटीलाई तीन अंक दिलाए ।

यस्तै आज भएको दोश्रो खेलमा पनि पुल्चोक स्पोर्ट्स क्लबले  बाँसबारी क्लबमाथि ३–१ को जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुल्चोकका लागि टेकराज गुरुङ १७ औं मिनेटमा पहिलो गोल गरेका थिए। यता गोलका लागि संघर्ष गरिरहेको बाँसबारीले नवीन थापाको गोलबाट ४७औँ मिनेटमा बराबरी गरेको थियो ।  तर ५२ औँ मिनेटमा पुल्चोकका लागि रामकाजी कुमालले गोल गर्दै अग्रता दिलाए भने ९३औँ मिनेटमा पुल्चोकका सुशील गुरुङले गोल गर्दै जित सुनिश्चित गरेका थिए । 

-यसअघि प्रकाशित समाचारकाे शीर्षकमा आरसीटी क्लब हुनुपर्नेमा एनआरटी भएकाेमा सच्याइएकाे छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया