गोलरहित बराबरीमा रोकियो बार्सिलोना, रियलसँग दूरी बढाउने मौका गुम्यो

 माघ २८, २०७५ सोमबार ७:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले एथ्लेटिक क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ । यो बराबरीले बार्सिलोनाले रियलसँगको दूरी आठ अकंमा पुर्‍याउने मौका गुमाएको छ । 

एथ्लेटिक क्लबको मैदानमा भएको खेलमा बार्सिलोनाले पुरै खेल नियन्त्रणमा लिए पनि दश खेलाडीमा झरेको घरेलु टिम विरुद्ध गोल गर्न सकेन ।

बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध चारवटा सुन्दर मौका गुमाएको थियो । जसमा दुई पटक लियोनल मेसी चुके भने एक पटक लुइस स्वारेज असफल भए । 

यो सिजन लिगमा छैटौं पटक बराबरी खेलेको बार्सिलोनाले २३ खेलबाट ५१ अंक बनाएको छ । 


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया