माैसम : पश्चिमी वायुको प्रभावले बदली, ठूलो पानी पर्ने सम्भावना छैन

 माघ २८, २०७५ सोमबार ८:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएको साता लगातार तीनदिन वर्षा भएपछि आइतबार मौसममा सुधार आएको थियो । तर आइतबार बेलुकीपख नै भित्रिएको अर्को पश्चिमी वायुले सोमबार पश्चिमी पहाडी भूभागसहित देशका अन्य ठाउँमा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार पश्चिमी पहाडी भेगका केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर पश्चिमी वायुको प्रभाव कमजोर देखिएकाले ठूलो पानी पर्ने सम्भावना भने छैन  । यस्तै सोमबार राति उच्च पहाडी र  हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । 

काठमाडौं उपत्यकाको सोमबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया