पारस खड्का करियरकै उच्च लयमा, टी–२० वरीयतामा अलराउण्डरतर्फ ४०औँ स्थानमा

 माघ २८, २०७५ सोमबार १४:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० को अलराउण्डरमा ४० औं स्थानमा समावेश भएका छन् । 

आईसीसीले आज सार्वजनिक गरेको वरीयतामा पारस ७६ रेटिङका साथ  ४०औँ स्थानमा पुगेका हुन् ।  यूएईविरुद्धको सिरिज जितेपछि पारसको रेटिङ प्वाइन्ट बढेको हो ।

कप्तान पारस खड्का आफ्नो करियरकै उच्च रेटिङमा रहेका छन् । यसअघि पारस अलराउण्डर तर्फ ४३ र ब्याट्सम्यान तर्फ ९३ औँ  स्थानमा थिए । यस्तै उनी ब्याट्सम्यानतर्फ ३०५ अंकका साथ ९० औँ स्थानमा रहेका छन् ।

यस्तै नेपाली बलर सोमपाल कामी टी–२० तर्फ अलराउण्डमा ५१ औँ स्थानमा छन् । यसअघि उनी ६४औं स्थानमा थिए । टी–२० बलरको वरीयतामा सोमपाल ७० तथा बसन्त रेग्मी ७१औं स्थानमा छन् ।

बलिङतर्फ यसअघि सोमपाल ९४औं स्थानमा थिए । सन्दीप लामिछाने बलिङतर्फ ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा रहेका छन् ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया