हिरो महिला गोल्डकप : भारतविरुद्ध ६ मिनेटमै नेपालको दुई गोल

 माघ २८, २०७५ सोमबार १९:५२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले अहिले भारतसँग खेलिरहेको छ ।

भुवनेश्वरको कालिङ्गा रंगशालामा भैरहेको खेलमा नेपाल अहिले दुई–शून्यले अगाडि रहेको छ ।  खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी हुन् । त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर अदिती चौहानले नै जाली चुमाइन् ।

आजको खेलमा नेपाली महिला टोलीले निकै सशक्त प्रदर्शन गरिरहेको छ । अहिले खेलकाे पहिलाे हाफ चलिरहेकाे छ। 

पहिलो खेलमा म्यानमारसँग तीन शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिएको छ । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहीन छ । आजको खेलमा जित हात पारे नेपालको उपाधि होड कायमै हुन्छ । 

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया