पुटिनलाई भेट्न मून मस्कोमा

 असार ७, २०७५ बिहिबार २०:३०:४४ | रासस
unn.prixa.net

दक्षिण कोरियाका राष्ट्रपति मून जाय इन रूसको राजधानी मस्को आइपुग्नुभएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मून बिहीबार मस्को आउनु भएको उच्च अधिकारीहरुले जानकारी दिएका छन् । दुई समकक्षीबीच आर्थिक सहकार्य र उत्तर कोरियाबार कुराकानी हुने अपेक्षा गरिएको छ । 

मुनले पुटिनलाई शुक्रबार भेट्ने कार्यक्रम तय भएको छ । त्यस क्रममा उहाँहरूले केही संयुक्त सम्झौतापत्रहरूमा हस्ताक्षर गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन् । 

तीन दिने भ्रमणका क्रममा राष्ट्रपति मुनले आउँदो शनिबार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मेक्सीको विरुद्ध दक्षिण कोरियाले खेल्ने खेलको पनि अवलोकन गर्नुहुने अपेक्षा गरिएको छ । सो खेल रूसको रोस्टोभ अन डनमा हुने तय भएको छ । 

रूसका राष्ट्रपति पुटिनले गएको हप्ता उत्तर कोरियाका नेता किम जोङ उनलाई रूसमा स्वागत गर्न पाए खुशी हुने बताएको केही दिनपछि दक्षिण कोरियाका राष्ट्रपति रूस पुग्नु भएको हो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया