इन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

 माघ २९, २०७५ मंगलबार १३:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको उपस्थितिमा मात्र इन्गेजमेन्ट गरेको यो जोडी फागुन २ गते प्रेम दिवसको अवसरमा विवाह गर्दैछ । 

उनीहरुको विवाहमा परिवारका सदस्य र केही निकट आफन्तहरुको मात्र उपस्थिति रहने बताइएकाे छ । २ गते विवाह गरिसकेपछि वर्षा र संजोगले ३ गते काठमाण्डौमा सिनेकर्मीका लागि पार्टीको आयोजना गरेका छन् । 

इन्गजेमेन्ट गरेसँगै वर्षा र संजोगले आफूहरुको नयाँ नाम राखेका छन् ‘सन्सा’ ।  सन्जोगको नामको अगाडिको भाग र वर्षाको नामको पछिल्लो अक्षर जोडेर उनीहरुले यो नाम राखेका हुन् ।

यस अघि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले पनि आफूहरुको नाम आयंका राखेका छन् । उनीहरुले त यो नामकाे ट्याटु आ–आफ्नो शरीरमा  खोपाएका पनि छन् ।  


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया